शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दीपावली गर्दा आगलागी

बिहीबार, २२ कात्तिक २०७५, २० : २५
बिहीबार, २२ कात्तिक २०७५

तौलिहवा–कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मी पूजाका लागि दीपावली गर्दा आगलागी भएको छ । 

आगलागीबाट करीब रु चार लाख १५ हजार मूल्य बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

दीपावलीका लागि बालिएको मैनबत्तीबाट आगो सल्कन गई आगलागी भएको बताइएको छ । प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलको प्रयासमा आगो नियन्त्रण लिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए ।

आगलागीबाट कलवारको घरको सटर कोठामा रहेका दुई वटा मोटरसाइकललगायत अन्य मालसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप