बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ग्याँस लिक भएर गम्भिर घाइते भएकी दलित छात्राद्धारा जीवन रक्षाका लागि उपचार सहयोगको याचना

आइतबार, ०८ साउन २०७४, २१ : ५२
आइतबार, ०८ साउन २०७४

जितेन्द्र खत्री


अर्घाखाँची – अर्घाखाँची जिल्लाको भुमीकास्थान नगरपालीका वडा नम्वर २ जुरलनेटा बस्ने साबित्रा परियार ग्यासमा खाना पकाउने क्रममा ग्यास लिग भएर गम्भीर घाइते भएकी छन् कक्षा ९ मा अध्ययन गरेकी  १६ बर्षिय साबित्रा आगोले जलेपछि गम्भिर अवस्थामा पुगेको उनका आफन्त परिवारले बताए ।
 अति नै बिपन्न परिबारमा जन्मीएकी साबित्राले उपचार सहयोगका लागि यचना गरेकी छिन् । उनका वुवा आमा ईष्टमित्रकोमा कपडा सिलाएरै जिबीका चलाउँदै आएका छन् । 
गम्भीर घाइते साबित्रालाई जिल्ला अस्पताल अघाखाँचीमा सामान्य उपचार पछि बुटवल पठाइएको र बुटवलमा पनी उपचार सम्भव नभएपछि भैरहवा रिफर गरिएको छ । आफ्ना आफन्तसँग सापटी स्वरुप उपचार गराउदा गराउदै  सकिएपछि आर्थिक अभावका कारण उपचारको बिचैमा उनको आमाले गम्भिर घाईते साबित्रालाई अर्घाखाँची जिल्ला अस्पतालमा ल्याएकी छ्न ।
‘८० हजार सकियो अरु पैसा जम्मा गर्न आफुसंग कुनै उपाय छैन नसकेपछी के गरु ? बाध्य भएर लिएर हिँडे । अब त कोहि दयालु मन भएका मान्छे भए उपचार गरेर बचाउने हो नभए त जे जस्तो परेपनी चित्त बुझाउनु पर्यो । आखामा आँसु झार्दै आफ्नो बिलौना पोखिन ।

सन्धिखर्कका युबा समाजसेवी कर्णजंग रायमाझी दर्दनाक अबस्था देखेर जिल्लाका समाजसेवी व्यतmीत्व सहयोगी विसी गरेर अस्पताल पुगी निजको जीवन रक्षाका लागि फेसबुक मार्फत सहयोगको याचाना  गरेका छन ।समयमै उपचार हुने हो भने विरामी निको हुने  डाक्टरहरु बताउँछन् । 
जिल्ला अस्पताल अर्घाखाँच्ीबाट सके जती सुबिधा र उपचार गरेका छांै अस्पताल का डाक्टरको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप