शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरो पीडितलाई प्रदेश सांसदले दिए २ महिनाको तलब

बिहीबार, २२ कात्तिक २०७५, १२ : २५
बिहीबार, २२ कात्तिक २०७५

बेत्रावती– नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य बद्री मैनालीले यहाँका पहिरो पीडित दुई परिवारलाई दुई महिनाको तलब वापत प्राप्त रु ९० हजार उपलब्ध गराएका छन् । 

पहिरोले घर पुरिँदा सबै सम्पत्ति गुमाएका नुवाकोट सूर्यगढी गाउँपालिका–२ चोकदेका कुमार शाही र नवबहादुर श्रेष्ठको परिवारलाई प्रदेशसभा सदस्य मैनालीले उनीहरुको अस्थायी निवासमा नै पुगेर सो रकम वापतको चेक प्रदान गरे । उनले दुई महिनाको तलबबाट प्राप्त भएको रकम शाही र श्रेष्ठको परिवारलाई जनही रु ४५÷४५ हजार दिएका हुन् । 

गत साउन ३ गते बिहीबार राति आएको पहिरोमा परी उनीहरुको घर पूर्णरुपमा भत्केको थियो । पहिरोबाट गम्भीर घाइते भएका नवराज श्रेष्ठ, उनकी श्रीमती निरु, छोरी निशा र छोरा विकास गम्भीर घाइते भएर तीन महीना अस्पतालमा उपचार गरेपछि हाल घरमा आराम गर्दै छन् । 

नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ को ‘प्रदेश ख’बाट निर्वाचित मैनालीले चुनावी घोषणासभामा आफू विजयी भएमा सांसद पदबाट प्राप्त हुने सुविधा समाजसेवामा खर्चने भनी जनाउनुभएको प्रतिवद्धताअनुसार उक्त सहयोग गरेको बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप