शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देशको नामबाट संवतको नाम राखिनु गौरवको विषय हो :  महासचिव वैद्य

बिहीबार, २२ कात्तिक २०७५, १२ : ११
बिहीबार, २२ कात्तिक २०७५

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको छ । 

उक्त पार्टीका महासचिव मोहन वैद्यले आज एक शुभकामना सन्देश जारी गरी देशको नामबाट संवतको नाम राखिनु अत्यन्तै गौरवको विषय भएको बताए । नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःबाट उठाइएको राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र उत्पीडित वर्ग, जाति तथा समुदायको मुक्ति अभियान पूरा गर्नेतर्फ सबै लाग्नुपर्नेमा वैद्यले जोड दिएका छन् । 

शुभकामना सन्देशमा उनले सबै उत्पीडित समुदाय र श्रमजीवी वर्गको स्वतन्त्रता, मुक्ति र देशको सर्वभौमिकताको अभियान अझै सशक्त रुपमा अगाडि बढाउनका लागि जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप