शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समाजसेवी वैद्यबाट शंखधर साख्वाको मुर्ति प्रदान

बिहीबार, २२ कात्तिक २०७५, ०८ : ३३
बिहीबार, २२ कात्तिक २०७५

काठमाडौं - महालक्ष्मी नगरपालिका वडा नं ८ लुभू देवननी वस्ने समाजसेवी प्रा डा जगदिश वैद्यले महालक्ष्मी नगरपालिका वडा नं ८ लुभू भगवती लाछीमा स्थापना गर्न राष्ट्रिय विभूती शंखधर साख्वाको अर्धकटको मुर्ति प्रदान गरेका छन् । 

बुधबार नेपाल सम्वत् ११३९ को शुभकामना आदान प्रदान कार्यक्रममा उनले १,४०,००० रुपैयाँ बराबरको मुर्ति प्रदान गरेका हुन् । 

मुर्ति प्रदान गरेकोमा संस्कृतिविद समाजसेवी डा सत्यमोहन जोशीले वैद्यलाई सम्मान गरेका थिए । 

विसं २०३५ सालको हरिबोधिनी एकादशीको दिन पशुपति बागमति सरसफाईबाट समाजसेवा क्षेत्रमा प्रवेश गरेका वैद्यले निरन्तर रुपमा समाजसेवा गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप