बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लक्ष्मी पूजा गर्ने क्रममा विद्युत सर्ट भई आगलागी

बिहीबार, २२ कात्तिक २०७५, ०७ : ४५
बिहीबार, २२ कात्तिक २०७५

भादगाउँ - मध्यपुरथिमि–१स्थित लोकन्थलीमा बुधबार राति आगलागी हुँदा ११ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । 

स्थानीय सगरमाथा स्कूल नजिक विष्णुनरसिंह ह्याजुको घरमा डेरा गरी बस्ने दोलखा बैदेश्वर गाउँपालिका–७ का विनोद ढुङ्गेलको कोठामा आगलागी हुँदा ११ लाख बराबरको सामान क्षति भएको हो । 

लक्ष्मी पूजा गरी बालेको झिलिमिली बत्तीले विद्युत् सर्ट भई आगलागी भएको सानोथिमिस्थित महानगरीय प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश राईले बताए । 

“सोही घरको भुई तलामा किराना पसल सञ्चालन गर्दै आउनुभएका ढुङ्गेलले लक्ष्मी पूजा गरी बत्ती बालेर आफन्तको घरमा खाना खान गएका बेला अचानक विद्युत् सर्ट भई आगलागी भएको हो”, उनले भने । 

आगलागीबाट करीब १० तोला सुन, नगद पाँच लाख, ल्यापटप दुई थान, कम्युटर एक थान, काठको दराज एक थानलगायत लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरी सहायक निरीक्षक राईले जानकारी दिए ।

करीब ७ बजेर ४५ मिनेटमा लागेको आगो स्थानीय, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासले करीब ९ बजे निभाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप