शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, २२ कात्तिक २०७५, ०७ : ३३
बिहीबार, २२ कात्तिक २०७५

आजको राशिफल

वि.सं.२०७५ साल कार्तिक २२ गते । बिहिबार । ईश्वी सन् २०१८ नोभेम्बर ०८ तारिख । नेपाल सम्बत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक शुक्ल पक्ष । तिथि प्रतिपदा,३६ घडी ५४ पला,बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त द्धितिया । नक्षत्र विशाखा,३५ घडी ५८ पला,बलुकी ०८ बजेर ४३ मिनेट उप्रान्त अनुराधा । योग सौभाग्य,२९ घडि २८ पला,बेलुकी ०६ बजेर ०७ मिनेट उप्रान्त शोभन । करण किंष्तुन्घ,बिहान ०९ बजेर १० मिनेट उप्रान्त वव,बेलुकी ०९ बजेर ०६ मिनेट उप्रान्त वालव । आनन्दादिमा प्रवद्धमान योग । चन्द्रराशि तुला,दिउँसो ०२ बजेर ३५ मिनेट उप्रान्त बृश्चिक । 

 

यम पञ्चक,तिहार,गोवर्द्धन पूजा, गो-पूजा गाई-गोरु तथा हली तिहार,बलि पूजा,म्हपूजा। नेपाल संवत् ११३९ प्रारम्भ। विश्व रेडियोग्राफी दिवस ।

काठमाडौंमा सूर्योदय ०६ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १३ मिनेट । दिनमान २७ घडी १४ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । साझपख भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक माहोलमा समय बित्नेछ भने एक अर्काबिच सौहार्दपाुर्ण बाताबरणमा समय बिताउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मेहनेतले प्रशस्त लाभ लिन सकिनेछ । बादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुँने तथा सत्रु परास्त हुँनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । साभपख रमाईलो तथा उपलब्धिमुलक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । 

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक बस्तुको प्रयोग गर्दा साबधान अपनाउँनुहोला अप्रिय घट्ना घट्न सक्छ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । मध्यान्हबाट समय तपाईकै पक्षमा आउँने हुनाले पुराना समस्याहरुलाई हल गर्दै नयाँ काम थालनि गर्न सकिनेछ । मामा तथा आफन्तको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । 

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पहिलेका कमिकमजोरिहरुलाई सुधार्ने अवसर आउँनेछ । ठुला तथा बिशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो बिषयबस्तुलाई पनि छलफलको माध्यामबाट हल गर्नु होला । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ । साझपख भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला । उपाहार तथा विलाशि बस्तु प्राप्तीको योगलाई नकार्न सकिदैन । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पुराना समस्याहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ भने नयाँ नयाँ काम गरि रोजगारिका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिद्यार्थिहरुले आफ्नो प्रतिष्पर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् भने पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने हुनालेमन प्रशन्न रहनेछ ।साझपख आमा तथा आफन्त सँग सामान्य कुरामा बिवाद हुने योग रहेकोछ । 

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा कुटुम्बसँग व्यावहार गर्दा वा कुनै पनि काम गर्दा साबधानि अपनाउँनुहोला कामहरु बिग्रने तथा मनमुटाब पैदा हुँन सक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा आफन्त बिच अबिश्वास बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो आउँने हुनाले दाजुभाई तथा आफन्तका साथ रमाईलो यात्रामा निश्कन सकिनेछ । लेखन शैलिको बिकास हुने तथा सामाजिक सञ्जालको माध्यामबाट आफ्ना बिचारहरु जनमानसमा लैजानको लागि उपयुक्त समय रहेकोछ । 

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा  लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि खेर जाने छैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुँने हुनालेमान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न हुनेछ । प्रेममा सफलता तथा सामिप्यता बड्नेछ । बिद्यामा गरिएको लगानिबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । साझपख समय मध्ययम रहेकोले आफन्तसँग मनमुटाब हुन सक्छ ध्यान दिनुहोला ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिदेशबाट सञ्चालित सस्थामा काम पाउँने तथा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । स्वास्थ्य सबल हुँने हुँदा परिणाम मुखि काम गरि समाजमा नाम कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुँने हुनालेलगानि बढाउँन सकिनेछ । साझपख देश विदेशको यात्रा हुने प्रवल सम्भावना रहेकोछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँन ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनालेमहत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय मध्ययम रहेकोले साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । मध्यान्हबाट समाजसेवामा तपाईको गतिलो सहभागिता रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सुचारु हुनेछन् । पारिवारिक माहोलामा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक यात्राको पनि उत्तिकै सम्भावना रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) वादबिवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनाबस्यक धन तथा स्थाई सम्पति हानि हुँन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनालेप्रतिष्पर्धिहरु हावि हुँनेछन् । आम्दानिको तुलनामा खर्च अधिक हुँने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेलि माईतिबिच सामान्य कुरामा राय बाजिनेछ । साझपख धार्मिक यात्रा तथा शैक्षिक यात्राको प्रशस्त सम्भावन रहेकोछ । 

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप