बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा सबै धर्माबलम्वीहरुबीच सद्भावको प्रतिबद्धता

बुधबार, २१ कात्तिक २०७५, १९ : ०५
बुधबार, २१ कात्तिक २०७५

बुटवल– कपिलवस्तुका सबै धर्मलम्वीहरु एकले अर्काको धर्मको सम्मान गर्दै सद्भावपूर्ण समाज निर्माणका लागि प्रतिबद्ध भएका छन् ।  यसै वर्षको दशैंमा कपिलवस्तुमा दुर्गा पुजा सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपलाई ध्यानमा राखी बुधवार प्रदेश ५ को सामाजिक  विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सबैले सो प्रतिबद्धता गरेका हुन् ।

सबै धर्माबलम्बीबीच आयोजना गरेको अन्तरक्रिया र सद्भाव, धर्मसंस्कृति सम्बद्र्धन  र  प्रर्वद्धन बिषयक अन्तरक्रिया कार्यक्रममा हिन्दु, मुस्लिम  र क्रियश्चियन लगायतका धर्म गुरु, सबै राजनैतिक दल  र अन्य सरोकारवालाहरुले सो प्रतिबद्धता गरेका हुन् । कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित जिल्ला समन्व्य समितिको सभा हलमा  राखिएको बैठकमा तिहारसहित कुनै पनि चाडपर्व र अन्य विषयमा कुनै पनि  धर्म समुदायबीच सद्भावपुर्ण व्यवहार गर्ने, एकले अर्को धर्म संस्कारको सम्मान गर्ने बिषयमा प्रतिबद्दता जनाएका थिए ।

बैठकलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले  हरेक जातजाति र धर्म संस्कृतिहरु सबैको साझा र एकदेखि अर्कालाई जोड्ने सुत्र भएको उल्लेख गरे । उनले हरेकले आफुलाई हामी सबै नेपाली हौं, धर्म संस्कार हाम्रा आ–आफ्नो पुर्खाका चिनो हुन्  र त्यसको संरक्षण गर्नु पर्छ भन्ने सोच राख्दै  समाजमा शान्ति र सद्भाव ल्याउन सबै पक्षसँग आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप