केन्द्रीय संस्करण

अपहरणमा परेका ७९ विद्यार्थी रिहा

person access_timeकात्तिक २१, २०७५ chat_bubble_outline0

याउन्डे– क्यामरुनमा हतियारधारीद्वारा अपहरित ७९ जना विद्यार्थीलाई नियन्त्रणमुक्त गरिएको छ । 

गत सोमबार अपहरित उनीहरुलाई सकुशल नियन्त्रण मुक्त गरिएको क्यामरुनका सञ्चार मन्त्रीले बुधबार एएफपीलाई जानकारी दिए । 

अपहरण मुक्त भएकाहरुको बारेमा विस्तृत विवरण भने अहिले दिइएको छैन । 

फ्रान्स भाषीको बाहुल्यता रहेको देशको अंग्रेजी भाषीको बाहुल्यता रहेको ठाउँबाट उनीलाई अपहरण गरिएको हो । 

उक्त क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन सङ्घर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन् । 

विद्यालय सञ्चालन भइरहेको समय विद्रोहीको एक सशस्त्र समूह पे्रस्बिटरियन माध्यमिक विद्यालय, वामेडामा प्रबेश गरी विद्यालयका प्रिन्सिपल, एक शिक्षक र बस चालकलाइसमेत विद्यार्थीसँगै लगेको थियो । उक्त क्षेत्र क्यामरूनको उत्तरपश्चिममा पर्छ । 

क्यामरूनमा हुँदै आएको १३ महिने अशान्तिका कारण भएको यो अपहरणको घटना अहिले सम्मकै ठूलो भएको बताइएको छ । 

क्यामरूनमा विगत ३५ बर्षदेखि राजनीतिक नेतृत्वमा रहेका ८५ बर्षीय राष्ट्रपति पाउल बियाले गत अक्टोबरमा भएको निर्वाचनबाट सातौँ कार्यकालका लागि चुनिएको केही समयमा नै यो घटना भएको हो । यद्यपि निर्वाचन परिणाप्रति विपक्षीले धाँधली भएको बताउँदै असन्तुष्टी जनाउँदै आएका छन् । 

निर्वाचनमा बियाले ७१.३ प्रतिशत मत प्राप्त गरी जितेको दावी गरिए पनि निर्वाचनमा सरकारी अधिकारीले नै हुलदङ्गा मच्चाएर निम्न सङ्ख्यामा सहभागिता भएको विपक्षीको आरोप राष्ट्रपतिमाथि छ । 

क्यामरूनमा दुई करोड २० लाख अंग्रेजी भाषी नागरिक छन् र अल्पसङ्ख्यक उनीहरू आफ्नो भू–भागलाई स्वतन्त्र गरिनुपर्ने बताउँदै आएका छन् । विश्व युद्धपूर्व क्यामरून जर्मनीको कोलोनीका रूपमा रहेकोमा विश्वयुद्धपछि बेलायत र जर्मनीको अधिनमा गएको थियो । 

सन् २०१६ मा स्वतन्त्रताका लागि आवाज उठाएपनि अंग्रेजी भाषीलाई बियाले राज्यशक्तिको बलमा दबाएका थिए । सन् २०१७ को अक्टोबर १ मा एङ्लोफोन समुदायले देशको उत्तरपश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रलाई अम्बाजोनिया गणतन्त्रका रूपमा घोषणा गरेका थिए तर यसलाई कुनै पनि राष्ट्रले मान्यता दिएको छैन । 

क्यारूनमा भएका हिंसात्मक आन्दोलनमा परी ४०० नागरिकको मृत्यु भएको छ भने १७५ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । –एएफपी

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ