घाँटीमा खुकुरी तेर्स्याउँदै बलात्कार : आरोपी तत्काल पक्राउ

बुटवल– कपिलवस्तुमा एक महिलाको घाँटीमा खुकुरी तेर्साउँदै एक पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ । कपिलवस्तु नगरपालिका–८ का ३८ वर्षीय वर्मा भन्ने तालुक वढईले ५१ वर्षीया महिला चम्पालाई (नाम परिर्वतन ) बलात्कार गरेको मुद्धा पीडित महिलाले दायर गरेको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी रवि रावलले जानकारी दिए ।
रावलका अनुसार ती महिलाले आफुलाई निजले उक्त रात घरभित्र पसी हातमा लिएको खुकुरी घाँटीमा तेर्साउँदै धम्क्याएर जबरजस्ती करणी गरेको जाहेरमा उल्लेख गरेकी छन् । मंगलबार जाहेरी परेको केही घण्टाभित्रै आरोपी वबर्मालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई अदालतमा ७ दिन म्याद थपी अनुसन्धान सुरु गरिएको डिएसपी रावले बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ