शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस वर्षको तिहारमा फूल सस्तियो

बुधबार, २१ कात्तिक २०७५, १७ : १४
बुधबार, २१ कात्तिक २०७५

काठमाडौं– यस वर्षको तिहारमा नेपाली बजारमा फूल धेरै सस्तोमा पाइएको छ । तिहारको फूल खरिद गर्नका लागि काठमाडौंको असन, न्यूरोड र इन्द्रचोक पुगेका सर्वसाधारणले फूल गत वर्षको भन्दा धेरै जस्तोमा पाइएको बताएका हुन् । 

उनीहरुले भारतबाट अत्याधिक फूलको आयात भएकाले पनि नेपाली बजारमा फूलको मूल्य ह्वात्तै घटेको पनि जानकारी गराएका छन् । काठमाडौंका यादवेन्द्र श्रेष्ठले फूल धेरै सस्तोमा खरिद गर्न पाइएको बताए ।

यता, फूल व्यापारीहरुले भने भारतबाट अत्याधिक मात्रामा भित्रिएकाले यस वर्षको तिहारमा फूलको व्यापार घटन भएको बताएका छन् । काभ्रे कोशीपारिका व्यापारी राजेश्वर गौतमले गतवर्ष ४ हजारमा बेचिएको फूल यसवर्ष २ सयमा पनि बिक्री हुन नसकेको गुनासो गरे ।

नेपालमा यसवर्ष फूलको उत्पादन धेरै भएकाले पनि यसको मूल्य घटन गएको हो । काभ्रे पाँचखालका फूल व्यवसायी सरोज कारिदासले नेपालमा धेरै उत्पादन भएकाले पनि फूलको व्यापार घटन गएको बताएका छन् ।

तिहारलाई फूलको पर्वको रुपमा पनि लिईन्छ ।  तर यस वर्षको तिहारमा धेरै उत्पादन भएका कारण सस्तोमा फूलको व्यापार गर्नुपरेको व्यवसायीहरुको भनाई छ । तिहार पर्वमा सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गर्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप