बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्जको भविष्य उज्ज्वल छ : मुख्यमन्त्री पोखरेल

बुधबार, २१ कात्तिक २०७५, १६ : ०८
बुधबार, २१ कात्तिक २०७५

राँझा– प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी नभए पनि नेपालगञ्जको भविष्य उज्ज्वल भएको बताएका छन् । 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको स्वागत तथा व्यापारिक क्षेत्रका समस्याबारे छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालगञ्जको भविष्यबारे चिन्ता गर्नुपर्ने अवस्था नआउने बताए । 

‘नेपालगञ्जको भविष्यको चिन्ता नगर्नुस्, प्रदेश राजधानी नभए पनि यसको भविष्य उज्ज्वल छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘नेपालगञ्जको उद्योगी व्यापारीको समस्या हल गर्न प्रदेश सरकार लागि परेको छ, नसके सङ्घीय सरकारले गर्छ ।’ 

प्रदेश ५ सरकारले रुपन्देहीमा भैरहवा–बुटवल, दाङमा तुल्सीपुर–घोराही र बाँकेमा नेपालगञ्ज–कोहलपुरलाई केन्द्र बनाई महानगरका रुपमा विकास गर्ने योजना अगाडि सारेकाले महानगर बनेसँगै नेपालगञ्जका उद्योगी व्यापारीका अधिकांश समस्या हल हुने मुख्यमन्त्री पोखरेलले उल्लेख गरे । 

उनले प्रदेश ५ मा रुपन्देही, बाँके र दाङलाई केन्द्र मानेर तीनवटा महानगरसहितको एकीकृत गुरुयोजना निर्माण गर्ने सोचका साथ प्रदेश सरकारले काम गरिरहेको बताए । 

बाँकेको नौवस्तामा निर्माण हुन गइरहेको प्रदेशस्तरीय औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माणको लागि प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भइसकेको जानकारी गराउँदै मुख्यमन्त्री पोखरेलले औद्योगिक क्षेत्र विस्तारमा जिल्लास्थित सबैले सहयोग गर्न आग्रह  गरे । 

नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्न विस्तार कार्य शुरु भइसकेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले ढिलो चाँडो नेपालगञ्ज–दिल्ली हवाई उडान हुने आश्वासन दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप