शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा वडाध्यक्षद्वारा शिक्षकमाथि निर्घात कुटपिट

बुधबार, २१ कात्तिक २०७५, १६ : ०४
बुधबार, २१ कात्तिक २०७५

बुटवल– प्युठानका एक वडाध्यक्षले त्यहाँको एक विद्यालयका शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष तुलस बस्नेतले शिद्धिमान एमसीलाई कुटपिट गरेका हुन् ।

जनता माध्यामिक विद्यालय लिवाङ्ग टिमीचौरका शिक्षक एमसीलाई विद्यालयभित्र अभिभावक भेला बसिरहेका बेला वडाध्यक्ष बस्नेतले कुटपिट गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले बताए ।

बुढाथोकीले भने– ‘अहिले जिल्ला अस्पतालमा उपचार गराउँदै र केश फारम  गरिदैँछ । त्यसपछि उजुरीका लागि बोलाइएको छ ।’ उनका अनुसार बैठक बसिरहेको बेला केही विवाद चल्दै जाँदा वडाध्यक्ष बस्नेतले कुर्ची उचालेर शिक्षक टाउकामा हिर्काएका थिए ।  

शिक्षक एमसीको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुबीच के विवाद थियो ? भन्नेबारे केही पनि खुलाइएको छैन  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप