शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्धिका लागि तीनवटै सरकार प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष प्रचण्ड

बुधबार, २१ कात्तिक २०७५, १५ : ५०
बुधबार, २१ कात्तिक २०७५

पोखरा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि मुलुकका तीनवटै सरकार प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । 

प्रेस चौतारी र प्रेस सेन्टर गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेश सरकार प्रभावकारी हुन नसके मुलुकमा भएका सबै उपलब्धि प्रभावित हुने बताए । सङ्घीयतालाई सफल र प्रभावकारी बनाउन सबैको सहयोग, सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै उनले जनताले अनुभूति गर्ने गरी काम गर्न सरकारलाई सुझाव दिए । 

संविधानले व्यवस्था गरेअनुरुप असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनाका साथै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन वर्तमान सरकार सफल भएको उनले बताए । अन्तर्राष्ट्रिय जगतमा राजनीतिक परिवर्तन भएसँगै पुराना कर्मचारीको नेतृत्व तहलाई पूरै हटाइन्छ र नयाँ प्रणालीलाई आत्मसात् गर्ने कर्मचारी ल्याउने गरेको बताउँदै उनले भने– ‘नयाँ संरचनाअनुरुप सरकारलाई सहयोग गरी सङ्घीय गणतन्त्रलाई बलियो बनाउनुपर्दछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप