शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक समृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री अधिकारी

बुधबार, २१ कात्तिक २०७५, १५ : ३५
बुधबार, २१ कात्तिक २०७५

पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकको आर्थिक विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगरपालिका–११ द्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संस्कृतिले समृद्धि र भावनात्मक एकतालाई बलियो बनाउने बताए । 

मुलुकको सबै क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको कारण आर्थिक वर्षको तीन महिनामा ३४ प्रतिशतले पर्यटनमा वृद्धि भएको जानकारी दिँदै मन्त्री अधिकारीले मन्त्रालयले पर्यटन पूर्वाधारमा जोड दिँदै आएको उल्लेख गरे । 
नेकपा स्थायी समिति सदस्य सोमनाथ अधिकारी (प्यासी) ले तिहारपछि लगत्तै पार्टी व्यवस्थित गरेर सरकारलाई प्रभावकारी बनाउने बताए । नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले निर्वाचनमा पार्टीले जनतासमक्ष गरेको प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्ने विश्वास व्यक्त गरे । 

गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले विकास निर्माणका कार्यमा जनता सचेत हुनुपर्नेमा जोड दिए । नेकपा पोखरा–११ संयन्त्र सदस्य नारायणप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कराँते राष्ट्रिय खेलाडी विष्णु नेपालीलगायतले मौलिक संस्कृति र विभिन्न पर्वले समाजलाई एकताबद्ध बनाउँदै आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप