शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी माथिल्लो सदनमा रिपब्लिकन र तल्लो सदनमा डेमोक्र्याटको बहुमत

बुधबार, २१ कात्तिक २०७५, १५ : २१
बुधबार, २१ कात्तिक २०७५

वासिङ्टन– अमेरिकाको माथिल्लो सदन मानिने सिनेटमा सत्तारुढ दल रिपब्लिकन पार्टीले बहुमत ल्याउने भएको छ भने तल्लो सदनमा विपक्षी दल डेमोक्र्याटको बहुमत हुने देखिएको छ । 

मुख्य भूमिका रहेको तल्लो सदनमा विपक्षी दलकोे बहुमत हुनेभएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफट्यारो पर्ने भएको छ । 

राष्ट्रपतिका प्रस्तावलाई अंकुश लगाउने क्षमतासहित डेमोक्र्याटिक पार्टी गत आठ वर्षपछि पहिलो पटक तल्लो सदनमा उपस्थित हुन लागेको हो । 

ट्रम्प शासनको जनमत सङग्रहका रूपमा हेरिएको यो मध्यावधी निर्वाचनले ट्रम्पको लोकप्रियता खस्किएको देखाएको छ । 

डेमोक्रयाटले ट्रम्पविरुद्ध उदारवादी नीतिको उपयोग गर्दै चुनावी फाइदा लिएको विश्लेषण गरिएको छ । 

विभिन्न सञ्चार मध्यमले प्रतिनिधिसभामाथि नियन्त्रण गर्नका लागि आवश्यक २३ स्थानमा डेमोक्र्याटिक पार्टीले जीत हासिल गर्ने प्रक्षेपण गरिएको जनाएका छन् । 

प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५ स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि लागि मतदान भएको हो । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप