शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले दिए भुटानका प्रधानमन्त्रीलाई शुभकामना

बुधबार, २१ कात्तिक २०७५, १४ : ०९
बुधबार, २१ कात्तिक २०७५

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले डा.लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकोमा शुभकामना व्यक्त गरेका छन् । 

परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले आज पठाउनुभएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि गरेका छन् । 

प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन निकटमा रहेर कार्य गर्ने तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा सवाललाई अघि बढाउने चाहना पनि व्यक्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप