बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कला–संस्कृति साझा सम्पत्ति : सभामुख महरा

बुधबार, २१ कात्तिक २०७५, १२ : ५३
बुधबार, २१ कात्तिक २०७५

बुटवल– सभामुख कृष्णबहादुर महराले देशको कला र संस्कृति सबै नेपालीको साझा सम्पत्ति भएको बताएका छन् । दाङको घोराहीमा दलित कला संस्कृति प्रवद्र्धन तथा सामुदायिक विकास केन्द्रले आयोजना गरेको दशै तिहार, छठको शुभकामना आदन प्रदान तथा देउसीभैलो कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

‘हामी सबै जातजातीहरुको कला संस्कृति राष्ट्रको पहिचान हो’ सभामुख महराले भने, ‘यस्ता मौलिक कला संस्कृतिको संरक्षण गर्न सबै पक्ष जुट्न जरुरी छ ।’  विश्वमा नेपाल कला संस्कृतिको धनि मुलुक रहेको भन्दै उनले तिहारको देउसीभैलो र सोरेठीले बिशेष पहिचान बोकेको बताए ।

उनले देउसीभैलो खेल्न सुरु भएलगत्तै तिहार आएको आभास हुने भन्दै तिहारको रौनकता नेपालीहरुका लागि बेग्लै र सुखद पर्व भएको  धारणा राखे । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शान्ता चौधरी, रेखा शर्मा , अनिता देवकोटा,अमरबहादुर डाँगी, जिल्ला समन्व्य समिति उपप्रमुख श्रीधर शर्मा पौड्याल, घोराही उपमहानगरपालिका उपप्रमुख सीता न्यौपाने, तुल्सीपुर उपमहानगर उपप्रमुख माया आचार्य लगायतको सहभागिता  थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप