केन्द्रीय संस्करण

कानूनी व्यवसायी श्रेष्ठको निधन

person access_timeकात्तिक २१, २०७५ chat_bubble_outline0

काठमाडौँ– वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८३ वर्षको उमेरमा आज निधन भएको छ ।  श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका श्रेष्ठको आज बिहान ५ः३५ बजे निधन भएको नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए । 

तनहुँ बन्दीपुरमा जन्मिएका श्रेष्ठले भारतको कोलकत्ताबाट कानूनी शिक्षा हासिल गरेका थिए । सर्वोच्च अदालत बारको पहिलो अध्यक्षसमेत रहनुभएका श्रेष्ठ नेपाल बार एशोसिएशन र नेपाल कानून समाजको पनि अध्यक्ष हुनुभयो । 

कानूनसम्बन्धी धेरै कृति र लेख प्रकाशन गर्नुभएका श्रेष्ठले पञ्चायत कालमा प्रजातन्त्रको पक्षमा उभिनुभएका बिपी कोइरालालगायत नेताको पक्षमा कानूनी बहस पैरवी गरेका थिए । नेपालको कानूनी शिक्षा, संवैधानिक विकासका अतिरिक्त अनुशासित र मर्यादित कानून व्यवसायीका रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले बताए । 

स्व.श्रेष्ठका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । उनको पार्थिव शरीर भोली श्रद्धाञ्जलिका लागि दिउँसो १ देखि ४ बजेसम्म नेपाल बारमा राखिने छ भने साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 
 
 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ