शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पचास हजार घुस सहित भक्तपुरका  मालपोत अधिकृत अख्तियारको फन्दामा

आइतबार, ०८ साउन २०७४, २० : ०१
आइतबार, ०८ साउन २०७४

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका अधिकृतलगायत चारजनालाई रु पचास हजार घुससहित पक्राउ गरेको छ । 

आयोगका प्रवक्ता जीवराज कोइरालाकाअनुसार मालपोत अधिकृत चक्रबहादुर श्रेष्ठ, नासुद्वय राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गाप्रसाद पोखरेल घुस रकमसहित पक्राउ परेका हुन् । 

आयोगले संयुक्त श्रेस्ता कायम भएको जग्गाबाट सार्वजनिक बाटो कायम गरी बाँकी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा पक्राउ गरेको हो । उनीहरुलाई वेभ सेकुवा कर्नर कौशलटारबाट यही साउन ६ गते पक्राउ गरिएको र अनुसन्धान जारी रहेको आयोगले जनाएको छ । रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप