बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ठग्स अफ हिन्दुस्तानले पहिलो दिन नै ५० करोड कमाउने ट्रेड एनालिस्टको दाबी

बुधबार, २१ कात्तिक २०७५, ११ : २३
बुधबार, २१ कात्तिक २०७५

भारतमा दिवालीको मौका पारेर रिलिज हुन लागेको फिल्म ठग्स अफ हिन्दुस्तानका लागि धेरैजना उत्साहित छन् । अब ट्रेड एनालिस्ट्सले यसको ओपनिङ डेको कमाईबारे दाबी गरिरहेका छन् । उनीहरुका अनुसार फिल्मले पहिलो दिन नै ५० करोड भारुको व्यापार गर्नसक्छ ।

अहिलेसम्म यी फिल्मको नाममा रेकर्डः

ओपनिङ डेमा बम्पर कमाईको रेकर्ड अहिलेसम्म शाहरुख खानको नाममा छ । शाहरुखको फिल्म ह्याप्पी न्यू इयरले ४४.९७ करोड कमाएका थिए । दोस्रो नम्बर साउथ सुपरस्टार प्रभासको फिल्म बाहुबली द कन्क्लूजनको नाममा छ जसले ४१ करोडको व्यापार गरेको थियो ।

यस्तो छ ट्रेड एनालिस्टको मतः

इन्टरटेन्मेन्ट वेबसाइट बलिउड हंगामाको खबर अनुसार ट्रेड एनालिस्ट्सको विश्लेषण सेयर गरेको छ । अक्षय राठीका अनुसार फिल्मलाई ठूलो स्टार कास्टका कारण फाइदा पुग्नेछ । तरण आदर्शका अनुसार फिल्मको स्क्रिम काउन्ट र स्टार कास्ट फिल्मको एक्स फ्याक्टर हो । जसले यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो ओपनिङ डे फिल्म बनाउन सक्छ ।

वर्षको सबैभन्दा ठूलो ओपनिङ मुभीः

कोमल नाहटाका अनुसार ठग्स अफ हिन्दुस्तान सन् २०१८ को सबैभन्दा ठूलो ओपनिङ फिल्म हुनसक्छ । देशका दुई ठूला स्टार एकसाथ आइरहेका छन् । अमोद मेहराका अनुसार बिग ओपनिङ डे बन्नुको कारण फिल्मको विषयवस्तु हो जुन मनमोहन देसाईको फिल्ममा देखिन्थ्यो । उनका अनुसार फिल्मले चार दिनमा नै दुई सय करोड कमाउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप