बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

मादी नदीमा जल बिहार गर्ने पर्यटकमा वृद्धि

बुधबार, २१ कात्तिक २०७५, ११ : १६
बुधबार, २१ कात्तिक २०७५

तनहुँ- हिउँद मौसम सुरु भएसँगै मादी नदीमा जलबिहार गर्ने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मादी नदी जलबिहारका लागि सुरक्षित स्थान भएकाले पर्यटकको यसतर्फ आकर्षण बढ्न थालेको हो । 
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले धार्मिक एवं पर्यटकीय क्षेत्र व्यासको जन्मस्थल यहीँ परेकाले पनि मादी र सेतीको सङ्गमस्थल व्यासभूमिको आँगनबाट जलबिहार गर्ने पर्यटक बढेको बताए । 
 ‘‘हामीले विदेशी पर्यटकलाई व्यास जन्मस्थल क्षेत्रबाट नै घुमफिर गरी जलबिहारमा जाने वातावरण मिलाउने तयारी गर्ने योजनामा छौँ,’’ उनले भने । 
व्यास नगरपालिका–५ स्थित मादी नदीमा दैनिक ५० देखि १०० जनासम्म पर्यटक जलबिहार गर्न आउने गर्दछन् । उनीहरु प्रायः चितवन र सौराह जानेहरु बढी मात्रामा चितवनसम्म जलबिहारको यात्रा रोज्ने गरेको प्रदर्शक सनमा लामाले जानकारी दिए । 
मादी नदी हुँदै कोही पर्यटकहरु घुमाउने गएर एकरात बस्ने गरेका छन् भने केही चितवन जाने गर्दछन् । 
सौराह घुम्नका लागि पोखराबाट प्याकेज बनाएर हिडेका विदेशी पर्यटकहरु प्रायः चितवनसम्म जलबिहार गर्दछन् । जलबिहार गर्न आउने पर्यटक युरोप, अमेरिका र एशियाली मुलुकबाट आउने गरेका छन् । 
व्यास–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जलबिहार गर्ने ठाउँ नजिक अलिकति कटान भएका कारण त्यसको व्यवस्थापनको लागि तयारी थालेको बताए । यसको संरक्षण र व्यवस्थापनका लागि नगरपालिकाबाट यसै वर्ष रु १५ लाख बजेट विनियोजन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप