शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवामा एक विदेशी पर्यटकको मृत्यु

बुधबार, २१ कात्तिक २०७५, ११ : ०८
बुधबार, २१ कात्तिक २०७५

रसुवा– लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको आज बिहान धुञ्चेमा निधन भएको छ । 

धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय नागरिक हर्भे गुलटासको निधन भएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिए । 
सामान्य रुघाखोकी लागेपछि उनले भ्रमण छोट्याइ काठमाडौँतर्फ फर्कनेक्रममा रहेको थियो । उनको साथमा श्रीमतीसमेत रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप