बराबरीका बावजुद बार्सिलोना नकआउटमा
एजेन्सी । स्पेनिस च्याम्पियन बार्सिलोनाले समूह चरणको दुई खेल बाँकी छँदै च्याम्पियन्स लिगको नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ ।
सान सिरोमा भएको इन्टर मिलानबिरुद्धको खेल नाटकीय बराबरीमा सकिएपछि बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।
घाइते लियोनेल मेस्सी बिना मैदानमा उत्रेको बार्सिलोनाले खेलको ८३ औँ मिनेटमा माल्कोमको गोलको मद्दतले अग्रता दिलाएको थियो ।
तर, चार मिनेटपछि नै माउरो इकार्डीले गोल गर्दै खेल बराबरी गरे ।
बराबरीसँगै इन्टर समूह बीको दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको टोटनहमभन्दा तीन अंकले अघि रहेको छ ।
उता, एक गोलले पछि परेको स्थिति उल्टाउँदै पिएसभी आइन्डहोभनलाई २– गोल अन्तरले हराएर स्पर्सले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना जिवित राखेको छ ।
लुक डिजोङले खेलको दोस्रो मिनेटमा स्पर्स खेलमा पछि परेको थियो ।
खेल सकिन १२ मिनेट छँदासम्म गोल फर्काउन नसकेपछि स्पर्स प्रतियोगिताबाट बाहिरिने संघारमा थियो ।
तर, ह्यारी केनले खेलको ७८ औँ मिनेटमा बराबरी गोल फर्काए र खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा विजयी गोल गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर