शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मृगौला रोगपीडित मगरलाई युवा संघको सहयोग

बुधबार, २१ कात्तिक २०७५, ०९ : १८
बुधबार, २१ कात्तिक २०७५

काठमाडौं - मोरङको केराबारी गाविस ५ का मृगौला रोग पीडित दुर्गा कुमार मगरलाई युवा संघले आर्थिक सहयोग गरेको छ । 

दुवै मृगौला फेल भइ आर्थिक अभावका कारण उपचार गर्न नसकेका ४२ बर्षीय मगरलाई युवा संघका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले एक लाख २२ हजार चार सय ७५ रुपैयाँको चेक हस्तारन्तरण गरेका हुन् । 

युवासंघ, केराबारी - ५ का विवेक भुजेलले उक्त सहयोग रकम संकलन गरेका हुन् । 

चेक हस्तान्तरण गर्दै युवा संघका वरिष्ठ उपाध्यक्ष पौडेलले मृगौला रोग पीडित मगरको उपचारमा थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । 

पीडित मगरको आर्थिक अवस्था निकै कमजोर रहेकाले उपचार गराउन सकेका थिएनन् । अफ्नो उपचारको लागि आर्थिक सहयोग र थप सहयोग गर्ने प्रतिवद्धता पछि आफूलाई निकै खुसी लागेको उनले बताए । 

मगरको अहिले भक्तपुरस्थित क्यान्सर हस्पिटलमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप