मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कहालीलाग्दो लोडसेडिङको युग कसरी अन्त्य भयो ?

बुधबार, २१ कात्तिक २०७५, ०६ : ५६
बुधबार, २१ कात्तिक २०७५

काठमाडौं  - मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए — नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । 

पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विग डिमान्ड साइड म्यानेजमेन्ज विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझावसमेत थियो । 
उनले सुत्रसमेत मनमनै पहिल्याएका थिए ।

तर, आफु प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सुत्रहरु कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् । 
त्यसैले सार्वजनिक पनि गरेनन् ।

देशबाट अध्याँरो युगको अन्त्य भएको छ । 
तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलीमा मनाउन सकिने भएको छ । 

घिसिङले भने  — तेस्रो लक्ष्मीपुजा बुधबारको दीपावली पनि स्युचाटारमै बसेर लोड व्यवस्थापन गरेर मनाउँदै छन् ।

देशघर लोडसेडिङ अन्त्य भएको सन्देश दिँदै यस बर्षबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा समेत रंगीचंगी बत्ती बालेर भिलिमिली पारेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप