केन्द्रीय संस्करण

निश्चल र  स्वस्तिमाले  प्रशंसकहरुसंग साटे  कोक भावना

explore access_timeकात्तिक २०, २०७५ chat_bubble_outline0

काठमाडौं । लोकप्रिय अभिनेता तथा नेपाली फिल्म उद्योगका प्रखर जोडी निश्चल बस्नेत र  स्वस्तिमा खड्काले काठमाडौँको  विभिन्न मल र सुपरमार्केटहरूमा गएर आफ्नो प्रसंशकहरुलाई कोका–कोला बाँडिरहेका छन्  र सबैलाई  आफ्नो भावनाहरु  प्रियजनसंग बाँड्नका लागि  प्रोत्साहन गरिरहेका छन् । 

पहिलो दिन, उनीहरु  लबीम  मलको भ्रमण गरेका थिए जहाँ एक जोडीले उनिहरुसंग कुरा गर्दै भने, “हामी सधैँ कोकलाई माया गर्छौ र मलाई सम्झना छ हामीले हाम्रो पहिलो डेटमा कोक पिएको  र आज हामी यहाँ हाम्रो एक वर्षको उत्सव मनाउन आएका छौ ।  यस विशेष दिनमा विशेष संदेश “निश्चल मायाका लागि“  र  “सुख दुःखको साथका लगि“ लेखीएको कोकको बोटल एक अर्कालाई दिन पाउँदा हामी नीकै खुसि छौँ ।”

दोस्रो दिन, स्वस्तिमा खड्काले  केएल टवरको भ्रमण गरिन् र आफ्ना प्रशंसकहरूलाई व्यक्तिगत  संदेशद्वारा धन्यवाद दीईन् “ तपाईहरु मेरो लक हुनुहुन्छ  र म तपाईहरुलाई माया गर्छु र मलाई पनि यसरि नै सधै माया गरिरहनुस् ।

केएल टवरमा, दुई साथीहरु जो दुबै विदेशमा थिए र अचानक ६ वर्षपछि भेट भएका थिए । उनीहरु तिहारको किनमेलका लागि त्यहाँ गएका थिए । उनीहरुले कोकको विशेष संदेश “सुमधुर मिलनका लागि” र “रमाइला ती जामघटका लागि”लेखिएको बोतल एक अर्कालाई बाँडेर निकै भावुक भएका थिए  । उनीहरुले  भने, “यो लाग्छ यो नयाँ कोकको बोतलले मेरो लागी मेरो साथीको महत्व ठ्याक्कै दर्शाएको आभास भएको छ ।

स्वस्तिमाले आफ्ना फ्यानहरुलाई कोका–कोलाको विशेष बोतलले आश्चार्य चकित बनाएकी थिईन् । सबैजसो स्थानहरुमा उनका प्रशंसकहरुले उनको अटोग्राफसहितको कोक बोतल लिनका लागि घेरेका थिए । उनीहरुले आनासँग सेल्फी पनि खिचे ।

एक प्रशंसक यति धेरै उत्साहित भईन  कि उनले “अटुट साथका लागि“ लेखीएको अर्को एउटा अतिरिक्त कोकको बोतल इन्स्टाग्राम परिवारसँग शेयर गर्नको लागि मागिन् ।

दशैं र तिहारको महोत्सवको अवधिभर, कोका–कोलाले आफ्ना मनपर्नेहरुका साथमा भावना बाँड्न उत्साहित गर्नका लागि अभियानको रुपमा हालै १६  विशेष संदेश लेखिएको कोका–कोला बोतल सार्वजनिक गरेको थियो । 

कोका–कोला नेपालका देशिय निर्देशक अम्बुज सिंहले भने, “आफ्ना भावनाहरु साटिन तथा एक आपसमा जोडिनका लागि दशैं र तिहार भन्दा ठुलो अर्को अवसर कुनै छैन । हामी आशा गर्दछौंकी तपाईँले निश्चल बस्नेत र स्वस्तिमा खड्कासँग भेट्न पाउँदा रमाईलो महशुस गर्नुभयो होला । यो चाडपर्वमय मौसममा कोक बाँड्दै तथा आफ्ना मनपर्नेहरुका साथमा सम्बन्ध बनाउँदै अगाडी बढिरहन तपाईँलाई हाम्रो हार्दिक शुभकामना अभिव्यक्त गर्न चाहन्छौं ।”
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha