रानीबारी हत्याकाण्डदेखि बसन्तपुर एसिड घटना अब टिभीमा देख्न पाइने
काठमाडौं । डिश मिडिया नेटवर्कले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आफैले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरेकोे छ । डिशहोम आफैले प्रवर्धन गरेका च्यानलहरुमध्ये पनि रमाईलो टिभिले तिहारको अवसर पारेर भाईटीकाको दिन देखी नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलिश्रृंखलाहरु प्रशारणमा आउने भएका छन् ।
नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी”,मा भने नेपाली समाजमा महिलाले भोग्ने सुख दुःख का कथाहरु समेटिने जनाइएको छ । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित यस टेलिश्रृखंलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलि श्रृखंला “दृष्टी” प्रत्येक शुक्रवार साँझ ८ः ३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।
समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि) नाट्य रुपान्तरीत कार्यक्रम “अपराध”, तयार पारिएको छ । रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पुर्ण विवरण सहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।
चर्चित हास्यँ कलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” लगायतका हाँस्य प्रधान टेलिश्रृंखलाहरुले दर्शकलाई पेट मिचि मिच हसाँउने छन् । “एकादेशको चुरीफूरी” प्रत्येक शुक्रवार साँझ ८ः०० बजे र “लुछाचुँडी” प्रत्येक शनिवार साँझ ८ः०० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने छन् ।
डिश मिडिया नेटवर्कले रमाईलो टेलिभिजनका अलावा नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानलहरु गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बाल बालिकाहरुका लागि जुनियर टिभि जस्ता च्यानलहरु संचालन गरिरहेको छ । यी च्यानलहरु डिशहोम डि.टि.एच र सिम टिभि डिजिटल केबल नेटवर्कमा प्रशारण भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन