मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा बालबालिकाको मृत्युको प्रमुख कारण आत्महत्या

मङ्गलबार, २० कात्तिक २०७५, १७ : ३०
मङ्गलबार, २० कात्तिक २०७५

बीबीसी– जापानमा बालबालिकाहरुको आत्महत्या तीस वर्ष यताकै उच्च रहेको त्यहाँको शिक्षा मन्त्रालयले रिपोर्ट सार्वजनिक गरेको छ ।    रिपोर्ट केही अघिको हो । आर्थिक वर्ष २०१६÷१७ को मार्चसम्म आधारभुत कक्षादेखि हाई स्कुल पढ्ने उमेर सम्मका २५० वालबालिकाहरुले आफ्नो जीवन आफंैले लिए । 

उक्त संख्या अघिल्लो वर्षको भन्दा ५ जना धेरै र सन् १९८६ यताको सबैभन्दा उच्च हो ।  बालबालिकाले भोगेका प्रमुख अफ्ठ्यारोहरुमा पारिवारिक समस्या, भविष्यको चिन्ता र आफ्ना साथीसंगीबाट हुने हेपाहा व्यवहारहरु रहेका छन् ।  तर स्कुलहरुले बताएअनुसार दर्ता भएका मृत्युमध्ये १४० को आत्महत्याको कारण अज्ञात रहेको छ । त्यी घटनामा विद्यार्थीहरुले सुसाइट नोटनै छाडेका थिएनन् । 

आफ्नो ज्यान लिने अधिकांश हाइ स्कुल उमेरका थिए । जापानमा १८ वर्षसम्म उमेरका बालबालिकाहरुले हाई स्कुल पढ्छन् ।  सन् २०१५ मा पनि जापानको क्याविनेट कार्यालयले सन् १९७२–२०१३ बीचमा बालबालिकाको आत्महत्याको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसमा सेप्टेम्बर १ मा स्कुलको दोस्रो सत्र भएपछि आत्महत्याको दर बढेको देखाँउछ ।  

सन् २०१५ मा जापानमा विश्वको सबैभन्दा ठूलो आत्महत्या दर रहेको थियो । विश्व स्थास्थ संगठनकाअनुसार निरोधात्मक उपायहरु लागू गरिएपछि त्यो संख्या घटेको छ ।  प्रहरीले बताएअनुसार जापानको समग्र आत्महत्या सन् २०१७ मा २१,००० मा झर्यो । यो दर सन् २००३ मा ३४,००० थियो । 

समग्र आत्महत्या दर घटेको भए पनि बालबालिकाको आत्महत्या दर भने तुलनात्मक रुपमा उच्चनै रहिरहेको छ । उच्च आत्महत्या दरले गर्दा आत्महत्या जापानमा बालबालिकाहरुको मृत्युको प्रमुख कारण बनेको छ ।  ‘विद्यार्थीको आत्महत्याको संख्या उच्च रहेको छ । यो डरलाग्दो अवस्थालाई छिटो भन्दा छिटो सम्बोधन गरिनुपर्छ’, शिक्षा मन्त्रालयका अधिकारी नोरियाकी किताजाकीले अन्तिम तथ्याँक सार्वजनिक गर्ने क्रममा भने । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप