बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गहुँको बीउमा ४० प्रतिशत अनुदान

मङ्गलबार, २० कात्तिक २०७५, १७ : २०
मङ्गलबार, २० कात्तिक २०७५

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका किसानलाई अनुदानमा गहुँको बीउ वितरण सुरु भएको छ । नगर कार्यपालिकाको ४७ औं बैठकको निर्णयअनुसार मंगलबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएको हो ।

आनन्दवन सहकारी संस्थामार्फत अनुदानमा गहुँको बीउ बिक्री सुरु गरिएको हो । त्यस्तै कोटिहवास्थित जनविकास सहकारी संस्था लिमिटेडले केही दिनभित्रै बिक्री  गर्ने जनाएको छ । आनन्दवन सहकारीले वडा नं. १ देखि १० र जनविकास सहकारीले वडा नं. ११ देखि १७ वडाका किसानलाई अनुदानको बीऊ बिक्री गर्नेगरी व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

मंगलबार मणिग्रामस्थित आनन्दवन सहकारी संस्थामा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख बासुदेव घिमिरेले बड्का केवट, हरि कँडेल र टेका प्रसाद अर्याललाई एक/एक बोरा बीउ उपलब्ध गराएर वितरण सुरु गरेका हुन् ।

नगरपालिकाले दुई सहकारीसँगको सहकार्यमा सिफारिस गरिएको उन्नत जातको सुधारिएको गहुँको बीउमा किसानलाई अनुदान दिएको हो । नगरपालिकाले अनुदानका विषयमा व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारुको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

नगरपालिकाले यसवर्ष करिव ७ सय क्विन्टल अनुदानको गहुँको बीउ किसानले सहकारीमार्फत् लैजाने अपेक्षा गरेको छ ।

गहुँ खेती गर्ने किसानहरुले आवश्यक कागजातको आधारमा अनुदानको बीउ प्राप्त गर्न सक्नेछन् । गहुँको बिउ वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरेले किसानलाई व्यवसायिक बनाउन र केही राहत दिन बिऊमा अनुदान दिइएको बताए ।

नगरपालिकाको कृषि समितिले किसानलाई अनुदानमा गहुँको बिउ उपलब्ध गराउन सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप