शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा ट्याक्सी दुर्घटना, १ जनाको मृत्यु

मङ्गलबार, २० कात्तिक २०७५, १७ : ०५
मङ्गलबार, २० कात्तिक २०७५

चिप्लेढुङ्गा– पोखराको पुम्दीभुम्दीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  ग्यारेजमा धुन दिइएको ट्याक्सी आज बिहान ६.३० बजे लिन जाँदा नभेटिएपछि ट्याक्सी धनीले प्रहरीमा खबर गरेका थिए । ग्यारेजका मालिक समेत बेखबर रहेको सो घटनाका बारेमा ट्याक्सी दुर्घटनापछि मात्रै हराएको ट्याक्सी दुर्घटना भएको सत्य बाहिर आएको हो । 

आइतबार ट्याक्सी धुन भनेर ट्याक्सी चालक राजु थापाले ग्यारेजमा ट्याक्सी छोडेका थिए । सोमबार बिहान जाँदा ट्याक्सी ग्यारेजमा थिएन । अनुसन्धानका क्रममा सोमबार राति दुर्घटना भएको ट्याक्सी सोही ट्याक्सी भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

दुर्घटनामा अन्दाजी २४ वर्षीय सुमन पौडेल (सुवास) को मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको थप पहिचान खुल्न बाँकी छ । ग १ ज ५४३ नं को ट्याक्सी पोखरा २२ पुम्दीभुम्दीस्थित फलेंटेको मोडमा दुर्घटना भएको हो । 

ट्याक्सी सडकबाट ५०० मिटर तल खसेको थियो । मृतक पौडेलको घर कास्कीको कृस्तीमा छ । उनले सिक्नका लागि राति ट्याक्सी लगेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख नवीन कार्कीले त्यसबारेमा ट्याक्सी धनी जिरो किलोमिटरका प्रेमबहादुर गुरुङमाथि थप अनुसन्धान भइरहेको बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप