शेयर बजार : दोहोरो अङ्कको वृद्धि
मङ्गलबार, २० कात्तिक २०७५, १६ : २०
काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु भएको आज पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले बढेर एक हजार २१८ दशमलव ०७ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ३८ बिन्दुले बढेर २५९ दशमलव १९ बिन्दुमा पुगेको छ । आज कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर रु २४ करोड ४५ लाख ७० हजार ५५२ मूल्यमा खरीद बिक्री भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकिङ १० दशमलव ४८, होटल ३७ दशमलव ६२, विकास बैंक १३ दशमलव २८, जलविद्युत् ३ दशमलव ०४, वित्त १ दशमलव २५, निर्जीवन बीमा ५७ दशमलव ०२, उत्पादन ०७, अन्य ३ दशमलव १५, माइक्रोफाइनान्स १५ दशमलव ३७ र जीवन बीमा ६५ दशमलव ३३ बिन्दुले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह