शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल मेडिकल कलेजले खोलिदियो बन्द भएको मुख

मङ्गलबार, २० कात्तिक २०७५, १५ : ०९
मङ्गलबार, २० कात्तिक २०७५

काठमाडौँ । काभ्रेकी निशा राना मगरको ११ वर्ष अगाडि साथीसँग खेल्ने क्रममा लडेर मुखमा गम्भीर चोट लागेको थियो ।

लामो समयको उपचारपछि घाउ ठीक त भयो तर क्रमशः उनको मुख बन्द हुँदै गयो । हाल निशा १९ वर्षकी भइन् । उनका परिवारले धेरैवटा अस्पतालमा उपचारका लागि देखाए तर समस्या समाधान हुने कुनै आधार देखिएन । उनका परिवारले अन्तिममा नेपाल मेडिकल कलेज जोरपार्टीमा लगे बरिष्ठ दन्तरोग विशेज्ञ डा निरज पन्तको टोलीले उनको उपचार सुरु गर्यो । 

बन्द मुख यसरी खोलियो 
ट्रमाको समस्याले क्रमशः बन्द हुँदै गएको मुख बोल्न र खानेकुरा निल्न नसक्ने अवस्थामा पुगेको थियो । ‘चिकित्सकीय भाषामा यो समस्यालाई यङ्कायोलोसिस भनिन्छ । यस्तो समस्या दुर्लभ रूपमा हुनेगर्छ । यो समस्याको समाधान गर्न सक्नु निकै ठूलो चुनौती हो ।’ उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।

डा. निरज पन्तका अनुसार उनको मुख खुल्दैन थियो । भित्रभित्र आवाज आउँथ्यो । खानेकुराहरू झोल मात्रै निल्न सक्ने अवस्था थियो । खानेकुराको स्वाद थाहा पाउन  सम्भव नै थिएन । उनको हिजो सफलतापूर्वक शल्यक्रिया गरिएको छ । 
नयाँ जीवन पाएँ 

बोल्न र नर्मल खानेकुरा खान नसक्ने अवस्थामा पुगेकी निशा शल्यक्रियापछि नयाँ जीवन पाएकोमा दङ्ग छिन् । धेरै अस्पताल चाहार्दा पनि समस्या समाधान नभएपछि नेपाल मेडिकल कलेज आएको बताउँछिन् । अहिले आफू ठीक भएको उनको तर्क छ । निशा विगतमा झै बोल्न र नर्मल खानेकुरा खान सक्ने भएकी छन् ।

उनको उपचार डा. निरज पन्त डा. कुशल विम्ब डा. अन्जनी भट्टराई र डा. सुमितकुमार सिंहले गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप