शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजले ल्याए माटोको गजल

आइतबार, ०८ साउन २०७४, १८ : ३२
आइतबार, ०८ साउन २०७४

काठमाडौं – गजलकार राज विर्सजनले स्रोतामाँझ पहिलो गजलसंग्रह ‘माटो’ ल्याएका छन् । राजधानीको कालिकास्थान स्थित सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रममा पुष्पराज पौडेल, रुपक बनबासी, अमला अधिकारी र विवेक पिषालुले गजल सँयुक्त बिमोचन गरे ।

समारोहमा अमलाले राजका सँग्रहका गजलहरुमा मध्य पश्चिमको माटोको स्वाद रहेको बताईन् । माटोसँग जीवनको सम्बन्ध दर्शाउँदै सँग्रहको नाम सान्दर्भिक भएको अमलाले प्रकाश पारिन् ।

रुपक बनबासीले राजको पहिलो प्रयास सफल रहेको बताउँदै सँग्रहको गजलमा  देश प्रेम, तल्कालिन समाजको विकृत, विसंगति, माया प्रेम, संयोग वियोग समिश्रण छ ।

कार्यक्रममा सँग्रहका लेखक राज विर्सजनले सँग्रह भित्रबाट आधा दर्जन गजल सुनाएका थिए । मध्यश्चिमबाट सुनौलो सपना बोकेर राजधानी छिरेका राजका गजलहरु मर्मस्पर्सी  रहेका छन ।

गजल संग्रहलाई शिखा बुक्स पब्लिकेशनले प्रकाशनले बजारमा ल्याएको हो । ७२ ओटा गजल सँग्रहित यो सँग्रहको मूल्य एक सय ७५ रुपैयाँ राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप