बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसियामा गयो भूकम्प

मङ्गलबार, २० कात्तिक २०७५, १२ : ५९
मङ्गलबार, २० कात्तिक २०७५

जाकार्ता– इन्डोनेसियाको सुलावेसी द्वीपमा मङ्गलबार ५.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाइएको छ । 

स्थानीय समयाअनुसार मङ्गलबार बिहान २ः३५ बजे गएको यस भूकम्पको केन्द्रबिन्दु पूर्वी ममासा र पश्चिम सुलावेसीमा पर्ने इलाकाको ११ किलोमिटर गहिराईमा रहेको जनाइएको छ । यस भूकम्पपछि सुनामीको सुचना भने जारी गरिएको छैन । 

यसअघि गत सेप्टेम्बर २८ मा इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरमा ७.५ म्याग्नीच्युडको भूकम्प गएको थियो ।  यस भूकम्पमा परी २ हजार भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै २ लाख २० हजार भन्दा बढी विस्थापित भएका थिए । इन्डोनेसिया भूकम्पको प्रकोपले बारम्बार सताउने देशको सुचीमा पर्दछ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप