शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोठा सफा गर्न अह्राउँदा हजुरआमालाई हाने गोली, गरे आत्महत्या

मङ्गलबार, २० कात्तिक २०७५, १० : २१
मङ्गलबार, २० कात्तिक २०७५

अमेरिकाको एरिजोनामा ११ वर्षका एक बालकले आफ्नै हजुरआमाको गोली हानी हत्या गरपछि आत्महत्या गरेका छन् ।  

डोइले हर्बर्टले पुलिसलाई दिएको जानकारी अनुसार उनकी ६५ वर्षे श्रीमती भोन्ने वुडार्डले शनिबार ती बालकलाई आफ्नो कोठा आफैं सफा गर्न अह्राएकी थिइन् ।

मेरिकोपा काउन्टी पुलिस कार्यालयका प्रवक्ता सार्जेन्ट एनरिक्युजका अनुसार उत्तर–पश्चिम फोनिक्सको लिचफिल्ड पार्क इलाकामा बस्ने यी बालकको कस्टडी उनका हजुरबुवा–हजुरआमासँग थियो ।

पुलिसले जारी गरेको बयान अनुसार त्यसै दिन बेलुका उक्त जोडी टिभी हेरिरहेका थिए र एकाएक उनीहरुका नाती  पछाडिबाट आएर हजुरआमाको टाउकोमा गोली हाने ।

‘हर्बर्ट त्यसपछि आफ्ना नातीको पछि लागे तर वुडवार्टलाई सहयोग गर्न तत्काल फर्किए,’ पुलिसले बतायो ।

हर्बर्टले श्रीमतीलाई अस्पताल लैजाने तरखर गरिरहेका बेला उनले बन्दुकको अर्को आवाज सुनेको र आफ्ना ११ वर्षे नातीले आत्महत्या गरेको पनि देखे ।

पुलिसका अनुसार उक्त हतियार हर्बर्टको हो र ती बालकले आफूलाई र अन्य कसैलाई हानी गर्लान् भन्ने कुनै शंकासमेत थिएन ।

मेरिकोपा काउन्टी सेरिफको कार्यालयका अनुसार यसबारे अनुसन्धान जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप