शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, २० कात्तिक २०७५, ०६ : १३
मङ्गलबार, २० कात्तिक २०७५

आजको राशिफल

वि.सं.२०७५ साल कार्तिक २० गते । मंगलबार । ईश्वी सन् २०१८ नोभेम्बर ०६ तारिख । नेपाल सम्बत् ११३८ । विरोधकृत् संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४० । कार्तिक कृष्ण पक्ष । तिथि चतुर्दशी,३९ घडी ३३ पला,बेलुकी १० बजेर ०८ मिनेट उप्रान्त औषिं । नक्षत्र चित्रा,३५ घडी ३३ पला,बलुकी ०८ बजेर ३२ मिनेट उप्रान्त स्वाती । योग प्रीती,३७ घडि ३७ पला,बेलुकी ०९ बजेर २१ मिनेट उप्रान्त आयुष्मान । करण भद्रा,बिहान १० बजेर ४१ मिनेट उप्रान्त शकुनी,बेलुकी १० बजेर ०८ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि कन्या,बिहान ०८ बजेर ४६ मिनेट उप्रान्त तुला । यम-पञ्चक,तिहार, नरकचतुर्दशी, कुकुर तिहार। प्रातस् तैलस्नान। स्वन्ति चस्ह्रे पूजा।

 

काठमाडौंमा सूर्योदय ०६ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १५ मिनेट । दिनमान २७ घडी २० पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवादित बिषयहरु आफ्नै पक्षमा फैसला गराउँन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुदै जानेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनेको साथै जीवनसाथिको हरेका पाईलामा समर्थन पाईने योग रहेकोछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) न्यालयबाट हुँने व्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मन खुसिले उचाई नाघ्नेछ । पढाई लेखाईमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुनेछ भने थप ठाउँमा लगानि गर्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुँदा शाहस तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउँन सकिने तथा नयाँ कामको थालनि गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धि समस्या आईपर्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या देखा पर्नेछ । पढाई लेखाईमा मेहनेत गरे अनुशार नतिजा नआउँने हुनालेमन चिन्तित हुनेछ । व्यावसाय खस्केर जाने हुनालेतत्काल नाँफा नहुँने योग रहेकोछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा साबधानि अपनाउँनु होला नराम्रो घट्ना हुँन सक्छ । माया प्रेममा एक अर्का बित नचाहादा नचाहादै छुट्टिनु पर्दा नरमाईलो महशुष हुनेछ । घर परिवारमा एक अर्काबिच अबिश्वास सिर्जना हुँने ग्रहयोग रहेकोछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खोज तथा अनुशन्धानमा उपलब्धिमुलक नतिजा नआएपनि आगामि दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिस सँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाथ लिन सकिनेछ । बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । बिद्यार्थीको लागि पढ्ने लेख्ने वाताबरण बनेर आउँनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । 

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पति बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुनालेमन प्रशन्न हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा कुटम्बसँग कुुनै पनि काम गर्दा ध्यान दिनुहोला ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसि कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनै पनि कारोबार नगर्नुहोला बिवाद हुँनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकि प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । 

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईने हुदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेकोछ । बिभिन्न बिलाशी बस्तुको प्रयोग गरि मनग्गे आम्दानि हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरु  बाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्ने बाताबरण बन्नेछ । पढाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । बिहानको समयमा विदेशी सामानको व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । 

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बैदेशिक व्यापार तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरुबाट प्रशस्त नाफा तथा आम्दानि हुनेछ । लामो दुरिको बिदेश यात्राको तय गर्न सकिनेछ । बिद्यामा भने सफलता पाउँन निकै नै मेहनेत गर्नु पर्नेछ । स्वास्थ्यमा केहि खराबि हुँन सक्छ ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाव हुँने योग रहेकोछ भने आफन्तहरुले नै अविश्वास गर्नेछन् । बिहानको समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फन प्रशस्त आम्दानि गर्न सकिनेछ  ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुनेछ । तरल पदार्थ जस्तै हाईड्रो, पानि जस्ता उद्योग ब्याबसायमा लगानि गर्दा उचित प्रतिफल पाईनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपाईले गरेको मेहनेत खेर जाने छैन । बिहानको समयमा राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुदा मन खुसि रहनेछ । 

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने भएपनि गन्तब्य पहिल्याउँन मुस्किल पर्नेछ । पढाई लेखाईमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारि स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन । व्यापार व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनु होला । प्रेममा धोका हुँने अधिक सम्भावन रहेकोछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानि नहुँने हुनालेदैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप