बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जेलमा रहेका म्यानमारका दुई पत्रकारले दर्ता गराए पुनरावेदन

सोमबार, १९ कात्तिक २०७५, १८ : ३५
सोमबार, १९ कात्तिक २०७५

याङ्गुन– काराबास सजाय भोगी रहेका म्यानमारका दुई पत्रकारले सोमबार पुनरावेदनका लागि निवेदन दर्ता गराएका छन् ।  सात बर्ष जेल सजाय सुनाइएका रोयटर्सका लागि कार्यरत ती पत्रकारहरूले आफुहरुको फैसला उल्ट्याउन माग गर्दै निवेदन दर्ता गरेका हुन् । 

रोहिङ्ग्याका बारेमा उनीहरुले लेखेको समाचारको विषयलाई लिएर सरकारी पक्षले असन्तुष्टी जनाउदै उनीहरुलाई काराबास सजाय दिएको थियो ।  कारावास सजाय भोगिरहेका ३२ बर्षीय वा लोन र २८ बर्षीय क्याव सोए ओलाई राज्यको गोपनीयता विपरित काम गरेको आरोप लगाइएको छ । 

गत सेप्टेम्बरमा उनीहरूले रोहिङ्ग्याहरु माथि सेनाले ज्यादती गरेको र कतिपयलाई अनाहकमा पारेको समाचार प्रकाशन गरेका थिए ।  रोयटर्सका अध्यक्ष तथा प्रधान सम्पादक स्टेफन जे अडलेरले प्रमाणहरुलाई शासकहरुले वेवास्ता गरेको र गलत टिप्पणी गरेको बताएका छन् । 

थुन्नु पर्ने कारण विना नै उनीहरुलाई थुनिएकाले तत्काल रिहा गर्न माग गर्दै निवेदन दर्ता गरिएको पनि उनले जानकारी दिए ।  समाचार लेखेकै आधारमा पत्रकारलाई जेल हालेको भन्दै म्यानमारकी नेतृ आङ्साङ सुचीको आलोचना भएको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप