बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पहिलो पटक कोकाकोलाको लेबलहरूमा व्यक्तिगत सन्देश

सोमबार, १९ कात्तिक २०७५, १८ : ३२
सोमबार, १९ कात्तिक २०७५

काठमाडौँ । नेपालमा कोकाकोलाले यस वर्षको दशैं र तिहार उत्सवको मौसमकालागि १६ विभिन्न संदेश भएको विशेष उत्सव लेबलको  साथ कोकको बोटलहरूको वितरण  गर्दै आएको छ । अब भने पहिलो पटक नेपालमा उपभोक्ताहरूले आफ्नो व्यक्तिगत र निजीकृत सन्देशहरू कोकको  बोतलका  लेबलहरूमा तुरुन्तै प्रिन्ट गर्न सक्नेछन् ।

सन्देशहरू जति चाहियो उति विशिष्ट र व्यक्तिगत हुन सक्छन् । लेबलमा उपभोक्ताहरू त्यो व्यक्तिको नाम पनि समावेश गर्न सक्छन् जसलाई त्यो कोक बोटल उपहार स्वरुप दिन चाहन्छन् । कोकाकोलालाई यो विश्वास छ कि यस अभियानसंगै उपभोक्ताहरूले कोकसँग व्यक्तिगत सम्बन्ध र कनेक्शन  महसूस गर्नेछन् ।

यो अभियान उपभोक्ताहरूको आगामी चाडपर्वहरूको लागि पनि उपयोगी हुने कम्पनीको विश्वास छ । उपभोक्ताहरूलाई यो सेवा प्रदान गर्न, कोकाकोलाले नेपालका विभिन्न शहरहरूको मल र  सुपरमार्केटमा कोकको  बुथहरू स्थापित गरेको छ ।

बीबीएसएम पटान, लबिम मल, केएल टावर, सिटी सेन्टर र बीबीएसएम भक्तपुरमा विभिन्न मितिहरूमा बुथ राखिएको छ । उपभोक्ताहरू यो संदेश दिनको लागि बुथमा गई, लेबलमा प्रिन्ट गर्न सक्छन् । यो अभियानले  अहिलेसम्म राम्रो प्रतिक्रिया पाई रहेको छ र अधिक उपभोक्ताहस्लाई आकर्षित गर्ने  लक्ष्य लीएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप