शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेयर रेणुले टिपिन् भरतपुरको फोहोर

सोमबार, १९ कात्तिक २०७५, १७ : ४४
सोमबार, १९ कात्तिक २०७५

चितवन– भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको अगुवाईमा सोमबार भरतपुर नगरपालिका गेटदेखि शहिदचोकसम्म सरसफाई गरिएको छ । 

महानगरलाई सफा र सुन्दर नगरीका रुपमा विकास गर्न तेस्रो हप्ताको सप्ताव्यापी सरसफाई अभियान अन्र्तगत सोमबार सरसफाइ गरिएको हो ।

कार्यक्रममा मेयर दाहालसहित प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यवसायी एवं सरसफाईको क्षेत्रमा काम गर्ने अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मेयर दाहालले सुन्दर, शान्त, स्वच्छ र हराभारा महानगर बनाउन आवश्यक ऐन नियम कानुन बनाएर अघि बढ्ने बताइन् । मेयर दाहालले आफुहरु महानगरलाई सरसफाई राख्न आग्रह,अपिल, पत्रचार गरेको भन्दै यति गर्दा पनि नमाने कडा कानुन बनाएर कारवाही गर्न पछि नपर्ने चेतावनी दिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप