एनआईसी एशिया बैंकले ल्यायो चमत्कारिक बचत खाता
काठमाडौं– नेपालीहरुको पर्व तिहारको अवसरमा एनआईसी एशिया बैंकले महिलाहरुको लागि सुन तथा चाँदीको उपहारहरु सहित ‘चमत्कारिक बचत खाता’ संचालनमा ल्याएको छ ।
खातामा ७ प्रतिशत ब्याजदर, न्यूनतम मौज्दात रु १०००, दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भूक्तानी, अनलाइनबाट खाता खोल्न सकिने सुविधा रहेको छ भने वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार पाइने पनि जनाइएको छ ।
सो बचत खाता खोलेपछि ग्राहकको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.१००,००० भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिनेछ ।
यस्तै खातामा न्युनतम वार्षिक औसत मौज्दात रु.२००,००० भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिनेछ ।
यस्तै न्युनतम वार्षिक औसत मौज्दात रु. १५,००,००० भएमा २.५ ग्राम सुनको सिक्का, ३०,००,००० भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै