केन्द्रीय संस्करण

हेटौँडामा जगदम्बा स्टील्स्को प्राविधिक सम्मेलन

person access_timeकात्तिक १९, २०७५ chat_bubble_outline0

हेटौँडा । शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टील्स्ले आफ्ना उत्पादनका बारेमा प्राविधिक ज्ञान प्रदान गर्न विभिन्न स्थानमा टेक्निकल मिट (प्राविधिक सम्मेलन) को आयोजना गरेको छ ।

नेपाली बजारमा ग्यारेण्टेड लचकता सहितको एफई ५०० डी ग्रेड राइनो फलामे डण्डीको निर्माणमा पारंगत हासिल गरेको जगदम्बाले विभिन्न स्थानमा टेक्निकल मिट सम्पन्न गरिसकेको छ । हेटौँडामा पनि एफई ५०० डीमा केन्द्रित रही फलामे डण्डी सम्बन्धी आफ्नो टेक्निकल मिटको आयोजना गरेको छ ।

निर्माण कार्यमा प्राविधिक रुपमा संलग्न सम्पूर्ण निर्माणकर्मीहरुलाई फलामे डण्डीको उचित प्रयोग तथा राइनो ५०० डी को विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना भएको हो ।

निर्माणकर्मी तथा निर्माण व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रम जगदम्बा स्टिल्स् तथा रिद्धि सिद्धि सिमेन्टका आनन्द नेपालले फलामे डण्डीको उपयोगिता, यसको उचित प्रयोग तथा राइनो ५०० डी को विशेषता एवं गुणस्तर बारे सम्पूर्ण जानकारीको प्रस्तुतिकरण पेश गरे । 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ