शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा क्यास्परस्की एण्टिभाइरसको १० वर्ष पूरा, २०१९ संस्करण बजारमा

सोमबार, १९ कात्तिक २०७५, १२ : ५७
सोमबार, १९ कात्तिक २०७५

काठमाडौं – नेपालको बजारमा रसियन कम्पनी क्यास्परस्की ल्याबका एण्टीभाइरस प्रडक्टहरुको आधिकारिक वितरणको १० वर्ष पूरा भएको छ । सन् २००८ देखि नेपालका लागि आधिकारिक बिक्रेता सागर टेक्नोलिंक रहेको क्यास्परस्की ल्याबले उपभोक्तालाई अझ बढी सजिलो र गुणस्तरीय सुरक्षाका साथ थप परिमार्जन गर्दै नयाँ २०१९ संस्करण बजारमा बिक्री वितरण गर्दै आएको छ ।

नेपालमा अनुमानित  ४० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगट्दै आएको यस सेक्युरिटी प्रडक्टका २०१९ नयाँ संस्करण अन्तर्गत ल्यापटपरकम्प्युटरका लागि प्रयोग गरिँदै आएको क्यास्परस्की एण्टीभाइरस, क्यास्परस्की इन्टरनेट सेक्युरिटी का साथै एन्ड्रोइड मोबाइलको सुरक्षाका लागि विशेष प्रडक्ट क्यास्परस्की इन्टरनेट सेक्युरिटी फर एण्ड्रोइड उपलब्ध छन्।

कम्पनीका अनुसार क्लाउड स्टोरेजको अपडेट डाटाबेस फाइलहरु समेत प्रयोग गर्न सकिने गरी परिमार्जन गरिएको २०१९ संस्करणले प्रयोगकर्ताको कम्प्युटररडिभाइसमा निक्कै कम मात्र कम्प्युटर रिसोर्स लिने हुनाले पहिलेको तुलनामा धेरै हदसम्म कम्प्युटर डिभाइसलाई ढिलो गराउँदैन ।

विगतमा कम गतिको इन्टरनेट सुविधा तथा प्रयोग सम्बन्धी न्यूनतम ज्ञान र अन्य प्राविधिक कारणले प्रडक्ट एक्टिभेशनमा कहिलेकाहीँ आउने गरेको समस्या समेत यो नयाँ भर्सनमा समाधान गरिएको छ । जोखिमसंग सुरक्षित रहनका लागि विगत २० वर्षदेखि विश्वको डिजिटल सुरक्षा गर्दै आएको क्यास्परस्की सफ्टवेयरको कर्पोरेट भर्सन नेपालका विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, स्कूलरकलेज लगायत विभिन्न निजी र गैह्र सरकारी संस्थाहरुले प्रयोग गर्दै आएका छन् ।

नयाँ संस्करणहरूमा विशेषतः एण्ड्रोइड स्मार्टफोनहरूलाई लक्ष्यित गर्दै ५०% सम्म छुटको व्यवस्था गरिएका प्रडक्टहरु धेरै संख्यामा एकै पटक खरीद गर्न चाहने स्कूल, कलेज, विद्यार्थी, कर्पोरेट, सरकारी कार्यालय, मेडियारपत्रकार, एनजिओ आईएनजिओका कर्मचारीहरुका लागि थप छुटको पनि व्यवस्था छ ।

यी प्रडक्टहरू बाहेक १० देखि १००० वा सोभन्दा धेरै कम्प्युटररडिभाइसहरु तथा सर्भररनेटवर्क सिस्टम भएका सरकारी कार्यालय, बैंकहरु तथा अन्य कार्यालयहरुको लागि कर्पोरेट प्रडक्ट पनि बजारमा आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप