केन्द्रीय संस्करण

जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा हुने

person access_timeकात्तिक १९, २०७५ chat_bubble_outline0

पोखरा– एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । 

प्रतियोगितामा अष्टे«लिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष तथा महिला खेलाडीको सहभागिता रहने आयोजक कास्की जिल्ला टेनिस सङ्घले जनाएको छ । 

सङ्घका महासचिव नवीन चालिसेका अनुसार प्रतियोगिताअन्तर्गत पहिलो सर्किटमा ३० पुरुष र २३ महिलासहित ५३ जना तथा दोस्रो सर्किटमा ३३ पुरुष र २५ महिलासहित ५८ खेलाडीले भाग लिने छन् । 

होटल टे«कर्स इनले मुख्य प्रायोजन गरेको प्रतियोगिता अङ्ग्रेजी नयाँ वर्षका समयमा हुने भएकाले यसले यहाँको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । 

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ