शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई र पल्पसा क्याफेवीच सम्झौता, आइएमई प्रिभिलेज कार्डवाहकलाई १५ प्रतिशत छुट

सोमबार, १९ कात्तिक २०७५, १२ : ४७
सोमबार, १९ कात्तिक २०७५

काठमाडौं । काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र काठमाडौंस्थित बसन्तपुरमा अवस्थित पल्पसा क्याफबीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त क्याफेमा उपलब्ध खानाका परिकारमा १५ प्रतिशत विशेष पाउन सक्नेछन् ।

यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसा  क्याफेको तर्फबाट प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरेका छन् । यो सम्झौता गत असोज २४ गतेदेखि दुई वर्षसम्म लागु हुनेछ । 

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप