शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाबर आजमले तोडे विराटको किर्तिमान

सोमबार, १९ कात्तिक २०७५, १२ : ३४
सोमबार, १९ कात्तिक २०७५

एजेन्सी । पाकिस्तानका बाबर आजमले टी–२० मा सबैभन्दा चाँडो एक हजार रन बनाउने किर्तिमान बनाएका छन् । 

उनले मात्र २६ खेलको २६ औँ पारीमा १ हजार रन बनाएका हुन् ।

बाबरभन्दा अघि यो किर्तिमान भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको नाममा थियो । विराटले २९ खेलको २७ औँ पारीमा आफ्नो १ हजार रन पूरा गरेका थिए ।

बाबरले आइतबार दुबईमा न्युजिल्याण्डविरुद्ध टी–२० खेलमा ५८ बलमा ७९ रन बनाए ।

पाकिस्तानको ब्याटिङको दौरानमा १२ औँ ओभरको चाँैथो बलमा एक हजार रन पुरा गरे ।

बाबरले एक हजार रन पूरा गर्न डेब्युपछि दुई वर्ष ५८ दिन लिए ।

उनले ७ सेप्टेम्बर २०१६ मा इंग्ल्याण्डबिरुद्ध आफ्नो पहिलो टी–२० खेल खेलका थिए ।

सो खेलमा उनले नटआउट १५ रन बनाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप