एनआईसि एशिया बैंक र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघबीच बैंकिङ साझेदारी हुने
काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वितीय क्षमता विकासको निमित्त यही कार्तिक १८ गतेका दिन सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल र एन आई सि एशिया बैंकबीच बैंकिङ्ग साझेदारको लागी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको तर्फवाट अध्यक्ष नारायण ज्ञवाली र एन आई सि एशिया बैंकको तर्फवाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरे ।
नेपाल सरकारले आगामी तिन वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने र पाँच वर्षभित्रमा आवश्यकता अनुसार विद्युत उपलव्ध गराउने भन्ने निति एंव कार्यक्रम रहेको छ ।
यसरी सरकारको घोषित कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको संयुक्त प्रयासवाट मात्र सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउन संभव हुने विस्वास छ ।
सम्झौता बमोजिम एन आई सि एशिया बैंकले आफ्ना देशभरका २६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरु मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिङ्ग स्रोत उपलब्ध गराउने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने भएको छ ।
यस सम्झौता मार्फत समुदायको बंैकिङ्ग शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्न र निम्न आय भएका समुदायहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ