बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक स्थलमा दुर्व्यवहार भोगेका सात बलिउड नायिकाः कोही रोए, कतिले हाने थप्पड

सोमबार, १९ कात्तिक २०७५, १२ : ०७
सोमबार, १९ कात्तिक २०७५

मुम्बई– बलिउड सुन्दर अभिनेत्रीले भरिएको छ । हरेक अभिनेत्रीका लाखौँ प्रशंसक छन् । सार्वजनिक स्थलमा निस्किँदा उनीहरूको एक झलक पाउन फ्यान अक्सर मारपिट गर्ने गर्छन् । यस्तैमा उनीहरूका केही फ्यान यस्ता पनि छन् जो उनीहरूलाई भीडभाडमा जिस्क्याउनुका साथै दुर्व्यवहारसमेत गर्न पछि पर्दैनन् ।

करिना कपुर खान

२०१३ मा एक इभेन्टको दौरानमा करिनालाई पब्लिकले जिस्क्याएका थिए । इभेन्टमा सहभागी भएर जब करिना कार्यक्रम स्थलबाट बाहिर निस्किँदै थिइन्, सो समय उनीमाथि सर्वसाधारणले दुर्व्यवहारसमेत गरेका थिए । उनका अनुसार त्यतिबेला उनलाई निकै डर लागेको थियो ।

तापसी पन्नु

तापसीले एक इभेन्टमा भनेकी थिइन्, ‘दिल्लीमा मलाई अक्सर जिस्क्याउने गरिन्छ ।’ सोही क्रममा उनले आफूलाई पब्लिकले गलत तरिकाले छुने र जिस्क्याउने गरेकोसमेत खुलासा गरिन् ।

कट्रिना कैफ

एक समय कट्रिना साउथ कोलकाताको एक दुर्गा पूजाको उत्सवमा सहभागी भएकी थिइन् । पूजा सकिएपछि त्यहाँका केही व्यक्तिले उनीमाथि दुव्र्यवहार गरेका थिए ।

सोनाक्षी सिंहा

एक इभेन्टमा सहभागी हुँदा सोनाक्षीलाई भीडमा सहभागी मानिसमध्ये केहीले भद्दा कमेन्ट गरेका थिए । सो समय उनलाई जबजस्र्ती छुने कोसिससमेत गरिएको थियो । त्यतिबेला सोनाक्षी रोएकीसमेत थिइन् ।

सोनम कपुर

सोनम आफ्नो चलचित्र रांक्षणाको प्रमोसनमा जाँदा उनीमाथि सर्वसाधारणले अभद्र व्यवहार देखाएका थिए । त्यतिबेला फिल्मका नायक  धनुसले उनको मद्दत गरेका थिए ।

गौहर खान

गौहर टिभी रियालटी सो ‘इन्डियाज रकस्टार’ को सुटिङ गर्दै थिइन् । सो समय उनलाई मोहम्मद अकिल नामका एक व्यक्तिले थप्पड हानेका थिए ।

अमिषा पटेल

एक गहना सोरुमको उद्घाटनका लागि उनी गोखरपुर पुगेकी थिइन् । सो समय उनलाई हेर्न निकै भीड लागेको थियो । सो भीडमा एक युवकले उनलाई जबर्जस्ती छोएका थिए । अमिषाले ती युवकलाई थप्पड हानेकी थिइन् ।

सुष्मिता सेन

सुष्मिता पुणेको एक गहना पसल उद्घाटनमा पुगेकी थिइन् । त्यहाँबाट फर्कंदा उनी आफ्नो कारमा बस्ने कोसिस गर्दै थिइन् । सोही समय केही मानिसले उनलाई गिज्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप