शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तिहारका लागि ६० करोडको विद्युतीय बत्ती आयात, ९० प्रतिशत चिनियाँ

सोमबार, १९ कात्तिक २०७५, ०९ : ५५
सोमबार, १९ कात्तिक २०७५

काठमाडौँ । तिहार भन्ने वित्तिकै हरेक मान्छेको दिमागले सबैभन्दा पहिले सोचिहाल्ने शब्द हो झिलिमिलि बत्तीहरुको पर्व । पछिल्लो समय तिहारमा बालिने अधिकांश बत्ती विद्युतीय बत्ती हुने गरेका छन् । 

माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने धागोको बतीले जति झिलिमिलि बन्थ्यो गाउँघर र शहरबजार आजकाल यस्ता बत्तीहरु कम र बिद्युतीय बत्ती ज्यादा खपत हुन थालेको छ । अझै लोडसेडिङको समस्या हटेपछि भने विद्युतीय बत्तीमा मानिसहरुको आकर्षण अत्यधिक रहेको पाइन्छ । 

वर्षौँ यस्ता बत्तीहरुमा करौडौ रुपैयाँ बाहिरिने गरेको छ । यस बर्षको तिहारमा ६० करोड रुपैयाँको विद्युतीय बत्ती आयात भएको छ अर्थात ६० करोड रुपैयाँ बाहिरिएको छ । 

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेज नारायण खरेलले तिहार लक्षित विद्युतीय बत्ती ६० करोड रुपैयाँको आयात भएको बताए । उनका अनुसार तिहारको बत्ती आयात अब बन्द भइसकेको छ । 

आयात भएका बत्तीहरुको कारोबार भइरहेको छ । एकपटक प्रयोग गरेको बत्तीलाई पुन अर्को वर्ष पनि प्रयोग गर्न पाइने भएकाले विद्युतीय बत्तीप्रति आकर्षण बढेको खरेल भन्छन् । उनका अनुसार व्यवसायीहरुले २/३ महिना अघि देखि नै तिहारका विद्युतीय बत्ती ल्याउन थालेका हुन् । 

२० प्रतिशतले महंगियो बत्ती
यस पटक उपभोक्ताले विद्युतीय बत्तीमा २० प्रतिशतसम्म बढी मूल्य तिर्नुपर्ने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार डलरको मूल्य बढेको, भन्सारदर बढेको लगायतका कारण बत्तीको मूल्य बढेको छ । 

लिड बल्वमा २० प्रतिशतसम्म मूल्य बढेको छ भने स्ट्रिप लाइट, पाइप लाइट, नेट झालर लगायतको मूल्य पनि बढेको छ । दियो २० पिसको १६० रुपैयाँ देखि २०० रुपैयाँसम्म मूल्य कायम छ । 

यसमा क्वालिटी भने फरक फरक हुने भएकाले सो अनुसार मूल्यमा फरक पर्ने खरेलले भने । यस्तै उनका अनुसार लक्ष्मी, गणेश लगायत देवताको बल्ने बत्ती सानोको मूल्य ३ सय र ठुलो साइजको ११ सयसम्म रहेको छ । 

यद्यपि, बजारमा सानो साइजकै फोटोको मूल्य सातसय रुपैयाँसम्म व्यवसायीहरुले लिने गरेका छन् । तिहारको पूर्व सन्ध्यामा यस्ता बत्ती पसलमा उपभोक्ताको भिड लागेको छ । 
व्यवसायीले मनपरी भाउ लिँदा उपभोक्ता ठगिएका छन् । सरकारको अनुगमन प्रभावकारी नहुदा उपभोक्ताहरु मारमा परेका हुन् ।  
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप