शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुखुरा पालक किसानहरु आन्दोलनमा

आइतबार, १८ कात्तिक २०७५, १९ : ११
आइतबार, १८ कात्तिक २०७५

–राजेन्द्र आचार्य 

चितवन– पोल्ट्रीको राजधानीको रुपमा स्थापित चितवनका कुखुरा पालक किसानहरु लगातअनुसार मूल्य नपाएपछि आन्दोलित भएका छन् । नेपाल कुखुरा पालक किसान संघ केन्द्रिय समिति र जिल्ला समिति चितवनको अगुवाईमा चितवनका कृषकहरु आन्दोलित भएका हुन् ।

कुखुराको चल्लादेखि गुणस्तरीय दाना, औषधी, ल्यावजस्ता समस्यादेखि मूल्यको समानता नहुँदा कुखुरा पालक किसान मर्कामा परेको उनीहरुले बताए । चल्ला र दाना खरिद गर्दा सप्लायर्सको मनोमानी र मासुका लागि तयार भएका कुखुरामा विचौलियाको दलालीले किसान मर्कामा परेको उनीहरुको भनाई छ भने विचौलियालाई समेत कार्वाही गर्न माग उनीहरुले गरेका छन् ।

कुखुरा व्यवसाय गर्न धेरै युवाहरु इच्छुक हुँदाहुँदै पनि कुखुराका चल्ला र दानामा मनोमानी, औषधीको अभाव, ल्याव टेष्टमा समस्या, बजारीकरणमा समस्या र दक्ष प्राविधिक नहुनुले कुखुरा व्यवसाय फस्टाउन नसकेको उनीहरुको निष्कर्ष छ ।

जिल्ला सदरमुकाम भरतपुरको चौविसकोठीदेखि सुरु भएको र्यालीमा जिल्लाभरिबाट आएका किसानहरुले विभिन्न र्यालीसहित नाराबाजी गरेका थिए ।

 सो अवसरमा बोल्दै कसानहरुको नेपाल कुखुरा पालक संघका केन्द्रिय अध्यक्ष झलक पौडेलले चल्ला, दाना र तयारी मासु अनुसार कुखुराको मुल्य निर्धारण नभएसम्म आन्दोलन जारी राख्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप